आज एकैदिनमा सुनको मूल्य प्रतितोला २ हजार ९ सय रूपैयाँले वृद्धि

आज एकैदिनमा सुनको मूल्य प्रतितोला २ हजार ९ सय रूपैयाँले वृद्धि

घ.वि. सम्वाददाता
0
Shares

काठमाडौं- नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य आज प्रतितोला २ हजार ९ सय रूपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला ४५ रूपैयाँले वृद्धि भएको छ।

आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १३ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ४ सय ५० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदीको मूल्य आज प्रतितोला एक हजार ३ सय ९० रूपैयाँ कायम छ।