कोशीमा सहमतिको सरकार बन्ने मुख्यमन्त्री कार्कीको दाबी

कोशीमा सहमतिको सरकार बन्ने मुख्यमन्त्री कार्कीको दाबी


कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले प्रदेशको राजनीतिक संकट टरेको र अब सहमतिको सरकार बन्ने बताएका छन् ।

शनिबार नियुक्त भइ आइतबार पद तथा गोपनीयताको शपथ लिएपछि प्रतिक्रिया दिने क्रममा उनले कोशी प्रदेशमा देखिएको राजनीतिक संकट अन्त्य भएको दाबी गरेका हुन् ।

प्रदेशसभा विघट भइ मध्यावधि चुनावमा जानुपर्ने अवस्था टरेको दाबी गर्दै उनले वार्ता र संवादमार्फत् समाधान खोजिने बताए ।