राष्ट्र बैङ्कद्वारा आजदेखि नयाँ नोट सटही सुविधा

राष्ट्र बैङ्कद्वारा आजदेखि नयाँ नोट सटही सुविधा


नेपालीको महान् पर्व बडादशैँ, तिहार र छठलाई लक्षित गरेर नेपाल राष्ट्र बैङ्कले आजदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा उपलब्ध गराएको छ । राष्ट्र बैङ्कले काठमाडौं उपत्यकाभित्र राष्ट्र बैङ्कअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत् नयाँ नोट सटही गर्ने सुविधा दिएको हो ।

काठमाडौं उपत्यकाबाहिरको हकमा भने राष्ट्र बैङ्कको प्रदेशस्थित कार्यालय वा विभिन्न वाणिज्य बैङ्कका शाखा कार्यालयमा गइ नयाँ नोट साट्न सकिने गरी ब्यवस्था मिलाएको छ ।

राष्ट्र बैङ्कले हरेक वर्ष दशैँअगावै चाडबाडको अवसरमा नयाँ नोट सटहीको सुविधा सर्वसाधारणलाइ दिँदै आएको छ । यस वर्ष पनि अघिल्ला वर्षहरुमा जस्तै ५, १०, २०, ५० र एकसय रुपैयाँका नोट साट्ने व्यवस्था मिलाएको राष्ट्र बै‌कले जनाएको छ । प्रतिब्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको बव्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।