‘मनिप्लान्ट’को १४औँ साधारणसभा सम्पन्न, पोखरेल नयाँ अध्यक्ष चयन

‘मनिप्लान्ट’को १४औँ साधारणसभा सम्पन्न, पोखरेल नयाँ अध्यक्ष चयन


‘मनिप्लान्ट सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड’को १४औँ साधारणसभा सम्पन्न भएको छ । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’को मान्यता आधारित भएर क्रियाशील सो संंस्थाले नयाँ सञ्चालक समिति र लेखा तथा सुपरिवेक्षण समितिको चयन पनि गरेको छ ।

बागमती प्रदेशका सहकारी रजिस्ट्रार राधाकृष्ण खतिवडाको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा संस्थाको प्रतिवेदन, लेखा प्रतिवेदन, आयव्यय विवरण प्रस्तुत एवम् पारित गरिनुका साथै संस्थागत अवस्थाको समीक्षा र कार्ययोजनाबारे विस्तृत छलफल तथा नीति तर्जुमा भएको थियो ।

साथै, संस्थासम्बद्ध सदस्य र परिवारबाट उत्कृष्ट शैक्षिक योग्यता हासिल गरेका, संस्थामा उत्कृष्टता देखाएका, विभिन्न पदोन्नति र नियुक्ति भएकाहरूलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो। त्यसक्रममा १४ जनालाई उत्कृष्ट शैक्षिक पुरस्कार तथा तीन-तीन जनालाई ज्येष्ठ सदस्य, उत्कृष्ट ऋण कारोबारी र उत्कृष्ट बचतकर्ताका रूपमा सम्मान गरिएको थियो। एकजनालाई उत्कृष्ट कर्मचारी पुरस्कार दिइएको थियो। लालिगुराँस बाटिका सेकेन्डरी स्कुल, नरेफाँटका बिद्यार्थीले सांस्कृतिक प्रस्तुति समेत दिएका थिए ।

संस्थाका निवर्तमान अध्यक्ष सुदर्शन पराजुलीले राजीनामा दिएसँगै इन्द्रमणि पोखरेल नयाँ अध्यक्ष चयन भएका छन् । संचालक समितिमा सुसन कर्माचार्य उपाध्यक्ष, उद्दीमबहादुर देवकोटा सचिव र राजकुमार सुवेदी कोषाध्यक्ष चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा यामकुमार खड्का, धनबहादुर श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, कृष्णसागर शर्मा, हेलेन घिमिरे, शान्ता पाण्डे घिमिरे र कमल गिरी चयन भएका छन् ।

यसैगरी, लेखा तथा सुपरिवेक्षण समितिमा भने किरण मास्के संयोजक र राजेन्द्रप्रसाद घिमिरे तथा निलमणि दाहाल सदस्य चयन भएका छन् । अध्यक्ष पोखरेलले सफल कार्यसम्पादनका लागि अघिल्लो संचालक समितिलाई धन्यवाद दिँदै सहकारी क्षेत्रको संस्थागत चुनौतीबीच आफू संचालक समितिमा आएको र सबैको हातेमालोबाट नै चुनौतीको सामना गर्नसकिने बताएका छन् ।