प्रधानमन्त्रीबाट गैरआवासीय नेपाली नागरिकता वितरणको शुभारम्भ गरिने

प्रधानमन्त्रीबाट गैरआवासीय नेपाली नागरिकता वितरणको शुभारम्भ गरिने


प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपालीहरुलाई मंगलबारदेखि नागरिकता वितरणको शुभारम्भ गर्ने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान ७ बजे नागरिकता वितरण कार्यको शुभारम्भ गरिने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिएका छन् ।

मंगलबार नै गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)को ११औँ विश्व सम्मेलन काठमाडौंमा सुरु हुँदैछ । सोही अवसर पारेर सरकारले नागरिकता वितरण सुरु गर्न लागेको हो ।