मातृभूमिको गुन तिर्ने मौका पाएँ : गैरआवासीय नेपाली संघ (एनआरएन)अध्यक्ष कुल आचार्य

मातृभूमिको गुन तिर्ने मौका पाएँ : गैरआवासीय नेपाली संघ (एनआरएन)अध्यक्ष कुल आचार्य

घ.वि. सम्वाददाता
0
Shares

काठमाडौं, नेपाली नागरिकता पाएसँगै फेरि मातृभूमिसँग फेरि जोडिन पाउँदा भावुक बन्दै गैरआवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष कुल आचार्यले नेपालको विकासका लागि आफुहरुले पनि योगदान दिन पाउने भन्दै खुशी व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित गैरआवासीय नागरिकता वितरण कार्यक्रममा बोल्दै आचार्यले आफ्नो भाव प्रकट गर्नुभएको हो ।

आफूहरुले मातृभूमिलाई गुन तिर्न चाहेको बताउँदै उहाँले आफुहरुसँग भएको स्रोत, साधन, सिप, अनुभव र विश्वव्यापी सन्जाल उपयोग गरेर मातृभूमि नेपालको सेवा गर्ने मौका अब प्राप्त भएको बताउनुभयो ।

गैरआवासीय नेपाली नागरिकताले अभिभावकहरुसँगै छोराछोरी र नातीनातिनालाई पनि नेपालसँग जोड्ने भन्दै उहाँले वंशजको आधारमा प्राप्त नागरिकता निरन्तरताका लागि नेपाल सरकार र राजनीतिक दलहरुलाई आग्रहसमेत गर्नुभयो । यसले गर्दा भूतपूर्व गोर्खाहरुले सम्मान पाउने मात्र नभई नेपालको सम्पत्ति नेपालमै रहने उहाँको भनाइ छ ।