रेमिट्यान्सले धानेको देश : दुई महिनामा नेपाल भित्रियो साढे दुई खर्ब रेमिट्यान्स

रेमिट्यान्सले धानेको देश : दुई महिनामा नेपाल भित्रियो साढे दुई खर्ब रेमिट्यान्स

घ.वि. सम्वाददाता
0
Shares

काठमाडौँ, नेपालको आर्थिक क्षेत्रमा सबैभन्दा महत्वपूर्ण भूमिका निभाएको क्षेत्र भनेको वैदेशिक रेमिट्यान्स हो । आफ्नो देशमा रोजगारी नपाएपछि दिनानुदिन युवाहरु विदेश पलायन हुन बाध्य छन् । तिनै युवाहरुले पठाएको रेमिट्यान्सले नेपाललाई आर्थिक रुपमा टेवा पुर्याएको छ ।

नेपालले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा मात्रै करिब साढे दुई खर्ब रेमिट्यान्स भित्र्याएको छ । नेपाल राष्ट्र बैंकद्धारा आज सार्वजनिक गरिएको गत भदौ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव एक प्रतिशतले बढेर रू दुई खर्ब २८ अर्ब ३७ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव आठ ८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७ दशमलव सात प्रतिशतले वृद्धि भई १ अर्ब ७३ करोड अमेरिकी डलर पुगेको छ ।

गत भदौ मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या २८ दशमलव तीन प्रतिशतले घटेर ७४ हजार चार सय ५५ रहेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १८ दशमलव तीन प्रतिशतले घटेर ३२ हजार चार कायम भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो संख्या ७० दशमलव ६ प्रतिशतले बढेको थियो ।