प्रधानमन्त्री प्रचण्डलाई अस्पताल भर्ना गरिएको छ । मंगलबार छातीमा असहज महसूस भएपछि प्रधानमन्त्रीलाई थापाथलीमा रहेको नर्भिक अस्पताल भर्ना गरिएको हो ।
स्वास्थ्य जाँच गराउन नर्भिक अस्पताल पुगेका प्रधानमन्त्रीको एन्जिओग्राम गर्न चिकित्सकले सुझाब दिएपछि सोको तयारी गरिएको बुझिएको छ । प्रधानमन्त्रीको उपचारमा डा. यादव भट्टसहितको टोली खटिएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डलाई पेट र छातीको बीचमा अप्ठेरो महसूस भएको थियो ।
प्रधानमन्त्रीको अस्वस्थताबारे बालुवाटारले भने आधिकारिक रुपमा केही जनाइसकेको छैन ।
प्रतिक्रिया