इनास चेक गणतन्त्रको अध्यक्षमा ई. गिरीस कँडेल

इनास चेक गणतन्त्रको अध्यक्षमा ई. गिरीस कँडेल


अन्तराष्ट्रिय कलाकार समाज ( इनास ) चेक गणतन्त्रको नया कार्यकाल २०२३ -२०२५ को लागी बाग्लुङ्ग जिल्ला ताराखोलामा जन्म लिएर बिगत १० बर्ष देखी चेक गणतन्त्रको राजधानी प्राग स्थित बिश्वबिधालयमा बिध्यावारिधि अध्यन गर्दै आइरहेका पेसाले बरिष्ट एकाउन्टेन समेत रहेका गिरिस कँडेलको नेतृत्वमा कार्यसमिति चयन गरिएको छ।

कार्यसमिति चयन पश्चात गत अगस्ट २० तारिक इनास केन्द्रलाई आधिकारिकताको लागी पत्र पठाइएको र केन्द्रले इनास चेक गणतन्त्रको नया कार्यसमिति लाइ आधिकारिकता प्रदान गरे संगै गिरिस कँडेल नेतृत्वको कार्यसमितिले पूर्णता पाएको हो।

इनास ग्लोबल समितिका लागी चेक गणतन्त्रको तर्फ बाट प्रतिनिधिमा दुर्गा प्रसाद तिवारी संगै कार्यसमितिको उपाध्यक्षमा डा बिजय गुरुङ्ग , संगीत थापा , पूर्ण बहादुर बोहोरा चयन हुनुभएको छ भने महिला उपाध्यक्षमा मंजु रिमाल चयन हुनुभएको जनाइएको छ। महासचिबमा अर्जुन भट्टराई संगै सचिबमा इन्जिनियर सुजन तिम्सिना , कोषाध्यक्षमा रबिन अर्याल र सह-कोषाध्यक्षमा नोबेल कुमार भुजेल चयन हुनुभएको जनाइएको छ।

त्यसैगरी कार्यसमितिको सदस्यहरुमा डा रोजिना श्रेष्ठ, अनु अच्छामी, केशव रेग्मी, प्रतिक्षा कार्की, सागर पाठक, प्रताप मोक्तान, पूर्ण देवकोटा, केशर जंग कुँवर, उत्सव गौतम , जय गुरुङ, रोचक रावत, बिनिता शर्मा, निरज खड्का रहनुभएको छ भने कार्यसमितिको सल्लाहकारको रुपमा जमुना अधिकारी र अशोक देव परियार रहनुभएको छ संस्थाको संरक्षकमा बैकुण्ठ रायमाझी र अन्जना रायमाझी रहनुभएको अन्तराष्ट्रिय कलाकार समाज चेकले नेपाली भाषा संस्कृतीको अन्तराष्ट्रिय स्तरमा प्रचार र प्रबर्दन गर्दै आइरहेको छ।