जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएराति ६.४ म्याग्निच्युडको भूकम्प, ठूलो मात्रामा क्षति

जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएराति ६.४ म्याग्निच्युडको भूकम्प, ठूलो मात्रामा क्षति


जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएराति ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको जनाएको छ ।

रातको समयमा गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको बताइएको छ । जाजरकोटमा मात्रै भुकम्पबाट २६ जनाको मृत्यु भएको पुष्टि भएको र रुकुम पश्चिममा पनि दर्जन संख्यामा हताहती भएको बुझिएको छ । हालसम्म प्राप्त विवरणअनुसार भूकम्पमा परी मृत्यु हुनेको संख्या पचासको हाराहारी रहेको छ ।

जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको भुकम्पका कारण मृत्यु भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा मृत्यु भएको हो ।

रातिको समय भएकाले भूकम्पबाट भएको क्षतिको विवरण संकलनमा कठिनाइ परेको र, थप विवरण संकलन भइरहेको प्रहरी एवम् प्रशासन कार्यालयले उद्धारको कार्य शुरु गरिसकेको बुझिएको छ ।