वीरताको खाँडो-रामेश्वर राउत मातृदास

वीरताको खाँडो-रामेश्वर राउत मातृदास


नयाँ पालुवा फक्रन्छन् पुराना पात र्झदछ
खहरे सुकेर के भयो जरुवा सागर भर्दछ
रोएर अधिकार पाइन्न परे लडाइँ लड्नै पर्दछ
एक युगको रगतले युगयुग हाँस्छ भने
बलिदान गर्नैर्र् पर्दछ ।
।।१।।
दुनियाँको बलिदानमा कसले गर्‍यो राज ?
खोजी गर्न जाग्नुपर्‍यो जागरण हो आज
हैन भने सहिदको रगत ढलको पानी
युग-युगौँ आँसु भेलमा देशको नयन नानी
।।२।।
जिम्दा भए जाग्नुपर्‍यो नत्र ज्युँदै लास
ज्युँदा लासमा समयले गर्ने छैन आश
आफ्नै आँखावरिपरि भयौँ आफ्नै नाश
किन आज आफैं भाछौँ आफ्नैलाई त्रास
।।३।।
भक्कानिन्छ यसै मुटु सम्झी चरचरी
नेपालीको कन्तविजोग आफ्नै घरभरि
अन्यायको राँको सल्काई झोस्दै दिनदिन
नेपालीले नेपालीलाई मास्न आँट्यो किन ?
।।४।।
सुस्ताएर बस्नु भूल उठ्न बेर भो चाँडो
नजगाई हुँदै हुन्न वीरताको खाँडो
सत्य न्याय विवेक हो हेर घुमिघुमी
प्रताडित छिन् ! आज निर्दोष मातृभूमि
।।५।।
नेपालआमा नेपालीको ढुकढुकी हुन् मुटु
यिनलाई दुखे हामीलाई दुख्छ कुटुकुटु
धर्ूत छली कपटीले पार्न आँटे गाँस
नेपाली हो नेपाली भै बचाऊँ सृष्टि बास
।।६।।
आए हाम्रा बिहानीको घामलाई छोप्न
यो छातीमा कलहको विषैविष रोप्न
सगरमाथा सृष्टि शिर नेपालीलाई ढाली
चाहेका छन् वैरी विषले बन्ने लुब्ध माली
।।७।।
समयमै नब्युँझिए ज्युँदै मर्र्छौं खाली
बुद्ध छाती कुल्चिएर वैरी लाउलान् बाली
ए ˜ जिन्दगी जवान हो ! शूर वीर धीर
झुकाएर बस्न हुन्न देश उन्नत शिर
।।८।।
उठौँ आज बिहानी हो चन्द्र-सूर्य बोकी
अन्धकारलाई धूलो छरौँ बीचबाटोमै रोकी
नेपाली हौँ नेपालका मात्र एक जाति
विध्वंसी कोही जान दिन्नौँ विरासत माथि
।।९।।
भावनाशील बगैंचाका हामी अटल आली
नेपाली हौँ नेपालका अनन्तकाल माली
बुझेका छौँ को हो शील षडयन्त्री वा जाली
अष्ट भैरव-अग्निज्वाला जाग महाकाली
-रारामा
वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती

प्रतिबद्धता-वैगुनी नेपाल

कसैसामु रुँदिनँ
पसार्दिनँ हात कसैसामु
मेरो स्वाभिमानको उचो शिर
कसैसामु निहुराउँदिनँ ।
खियाउँछु परिश्रमी हातहरू
थोत्रा गाला बजाउँदिनँ
आश्वासन र प्रलोभनमा भुल्दिनँ,
कल्पनाको बायुपँखी उडानमा कावा खाँदिनँ ।
मेरो विश्वासबाट कत्ति टसमस हुँदिनँ
मेरो आस्थाबाट रत्तिभर विचलित हुँदिनँ ।
चाहे आओस् सुनामी नै
भूकम्पका ठूलाठूला झट्का सहिसकेको म
कत्ति भयभीत हुँदिनँ ।
शायद चिनेका छैनौ तिमीले मलाई
बुद्धको शान्ति र सगरमाथाको उचाइ बोकेको म,
बाधा र अवरोधसँग डग्दिनँ,
कसैका धम्कीसामु झुक्दिनँ
कसैको झुटो आश्वासनमा भुल्दिनँ
कृपया,
नखोज मेरो अटल विश्वास र आस्थालाई भत्काउन
म त्रि्रासामु रत्ति पनि झुक्दिनँ ।
-पोखराथोक, पाल्पा