नेकपा एमालेको मध्यपहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुने

नेकपा एमालेको मध्यपहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुने


नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा आजबाट सुरु हुँदैछ । अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्यपहाडी लोकमार्ग यात्राको उद्घाटन गर्दैछन् ।

पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्यपहाडी राजमार्गको करिब एक हजार ८७९ किलोमिटरसम्म एमालेको पदयात्रा जारी रहने बताइएको छ ।

झुलाघाट–चिवाभञ्ज्याङ यात्रा तीन सातामा टुङ्ग्याइने एमालेले जनाएको छ ।

पदयात्राका लागि अध्यक्ष ओलीसहित पार्टीका शीर्ष नेताहरु बैतडीको झुलाघाट पुगिसकेका छन् ।