घुमुवा प्रहरी हुँ भन्दै व्यापारीसँग पैसा असुल्ने कोइरी पक्राउ

घुमुवा प्रहरी हुँ भन्दै व्यापारीसँग पैसा असुल्ने कोइरी पक्राउ


पर्सामा ‘घुमुवा प्रहरी हुँ’ भन्दै व्यापारीहरुसँग पैसा उठाउँदै आएका एकजना पक्राउ परेका छन् ।

पर्सा प्रहरीले बाराका आदर्श कोतवाल-८ लक्ष्मीपुरका गोविन्द महतो कोइरीलाई व्यापारीहरुसित पैसा उठाउँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सामा विशेष सूचनाको प्रहरी चौकी ६ महिनादेखि म मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिआएको बारा, पर्सा र रौतहट जिल्लाको घुमुवा प्रहरी हुँ भन्दै व्यापारीहरुसँग पैसा उठाउँदै आएको सूचना आउनुको साथ प्रहरी चौकी सिर्सियाबाट वरिष्ठ प्रहरी नायब निरीक्षक टेकबहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगन्जको वडा नम्बर २३ बाट कोइरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम् प्रहरी उपरीक्षक कोमल विक्रम शाहले जानकारी दिए ।

पक्राउ परेका कोइरीलाई नियन्त्रण लिइ कार्यालयमा ल्याएर थप अनुसन्धान तथा कारवाही बढाएको पर्सा प्रहरी उपरीक्षक शाहले बताए ।