युनिटी ठगी प्रकरणका नाइके टण्डन जेल चलान

युनिटी ठगी प्रकरणका नाइके टण्डन जेल चलान


ट्रक खलाँसीदेखि अर्बपतिसम्म
बहुचर्चित युनिटी प्रकरणको ठगमध्येका एक लोकबहादुर टण्डन गत शुक्रबार नेपाल प्रहरीको अनुसन्धान ब्युरोद्वारा पक्राउ परी महानगरीय प्रहरी परिसर ललितपुर जाउलाखेलको हिरासतमा दुई रात बस्न पुगे । लगत्तै पुनरावेदन अदालत पाटनले आइतबार जेल चलान गरेपछि टण्डनद्वारा विभिन्न समयमा विभिन्न तवरबाट ठगीमा परेका पीडितहरूले बुटवलमा खुसियालीको भोज लगाएको बुझिएको छ । पिरामिड शैलीको नेटवर्किङ व्यवसाय सञ्चालन गरी ठगी गर्ने युनिटीका डबल प्रेसिडेन्ट लोकबहादुर टण्डन जेल गएपछि वर्षौंदेखि उनीद्वारा प्रताडित पीडितले बल्ल पाप धुरीबाट करायो भन्दै हर्षोल्लास गरेको बताइन्छ । युनिटी ठगी प्रकरणमा यसअघि नै पक्राउ परेर जेल गएका टण्डनलाई त्यसबेला जिल्ला अदालतले एक करोड ५० लाख धरौटीमा रिहा गरेको थियो । गुल्मी जिल्लाको हर्दिनेटा गाविस वडा नं. ७ लुम्छा बजारमा विगत लामो समयदेखि साधारण व्यवसाय गर्दै आएका लोकबहादुरको पछिल्लो रवाफ हेर्दा उनी जन्मजात नै करोडपति हुन् कि भन्ने खालको रहेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् ।
बहुचर्चित युनिटी धन्दामार्फत रूपन्देही, गुल्मीलगायत देशका विभिन्न क्षेत्रबाट जनतालाई ठग्दै आएका टण्डनलाई २०६७ असार १८ गते ठगी अभियोगमा पक्राउ गरी अदालतसमक्ष पेस गरिएको थियो । तर, जिल्ला अदालतले उनलाई अत्यन्तै न्यून धरौटीमा छाडेको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध पुनरावेदनमा अपिल गरेको थियो । पुनरावेदन अदालत पाटनले ठग लोकबहादुर टण्डनलाई थुनामा राखी कारबाही अघि बढाउन आदेश दिए पनि उनलाई पक्राउ गरिएको थिएन । बुटवलदेखि काठमाडौंसम्म खुलेआम हिँड्ने लोबहादुरलाई किन पक्राउ गरिएको छैन भनेर जनमानसले त्यसबीच प्रहरीप्रति नै अनेक शङ्का-उपशङ्का पनि थियो । पुनरावेदन अदालतले आदेश दिएपछि अर्धभूमितगत जस्तै भएका टण्डनले यसबीचमा राजस्वका तल्ला तहका कर्मचारीदेखि माथिल्लोस्तरका कर्मचारी र प्रहरीका मुद्दाफाँटका अर्सइदेखि माथिल्लो दर्जाका अधिकृतलाई प्रभावमा पार्नका लागि गरेको अनेक प्रयास यतिखेर निर्रथक सावित भएको छ । ‘लौन सर, बसेर गफा गरौँ’ भन्ने त उनको थेगो नै भइसकेको थियो । टण्डनले पाटन पुनरावेदनबाट आदेश भएपछि कस-कससँग सर्म्पर्क गरे भन्ने विषयमा अनुसन्धान गरी उनले गरेको टेलिफोनको रेकर्ड हेर्ने हो भने धेरै पन्ना खर्चिनुपर्ने स्थिति छ । नेपाली जनताको अर्बौं रुपैयाँ ठगेर मोजमस्ती गर्दै आएका लोकबहादुर टण्डनले पछिल्लो समयमा अदालतको आदेशलाई नै चुनौती दिँदै काठमाडौं बसेर ‘ग्रिनसिटी’ नामक अस्पताल बनाउँदै थिए ।
सामान्य परिवारमा जन्मिएर छोटो अवधिमै अत्यन्त धनाढ्य बन्न सफल टण्डनका विषयमा जानिफकारहरू उनलाई गोमन सापको विशेषण दिने गर्छन् । युनिटी प्रकरणमा संलग्न रही तीन अर्ब ७९ करोड ७० लाख रकम ठगी गर्न सफल लोकबहादुर टण्डनका विषयमा व्यापक चर्चा-परिचर्चा भएपछि घटना र विचारको एक टिम उनको जन्मस्थल गुल्मीदेखि रूपन्देही हुँदै उनका विषयमा बुझेर राजधानी फर्किएको छ । ०४६ सालभन्दा अगाडि सामान्य व्यापारीका रूपमा चिनिने लोकबहादुर टण्डनले यसरी बहुचर्चित युनिटी ठगी प्रकरणसम्म आइपुग्दा कस्ता-कस्ता क्रियाकलाप र हथकण्डा अपनाए भन्नेबारे छोटकरीमा पाठकलाई जानकारी गराइएको छ ।
आखिर को हुन् लोकबहादुर ?
गुल्मी जिल्ला क्षेत्र नं. २ अन्तर्गत तत्कालीन हर्दिनेटा पञ्चायत र हालको गाविस वडा नं. ७ मा उनका पिता रनसिंह टण्डनले साधारण व्यवसायको सुरुवात गरेका थिए । स्थानीयवासीका अनुसार त्यसबेला उनको उक्त सानो पसलमा ‘आशा चुरोट’ तम्बाकु, सूर्तिजन्य सामानका साथै अन्य त्यस्तै खुद्रा केही सामान रहन्थे । बाबुलाई पसलमा सघाउने र घाँस-दाउरा गर्ने काम त्यसबेला यतिखेरका ठगको सूचीमा परेका लोकबहादुरले नै गर्ने गरेका थिए । दुईवटी श्रीमतीमध्ये कान्छीतर्फका जेठा छोरा लोकबहादुर त्यतिखेर घरको स्थिति र भाइलाई हर्ुकाउनका लागि नेपाल प्रहरीको सिपाही पदमा भर्ना भएका र त्यहाँ टिक्न नसकेर भागेको हर्दिनेटाका एक पन्त थरका व्यक्तिले घटना र विचारको टिमलाई बताए । प्रहरीको जागिर छाडेर व्यवसाय नै गर्ने सोचले गाउँ गएका लोकबहादुरको उमेर जति छिप्पिँदै गयो दिमाग पनि त्यही किसिमले ठगी गर्ने शैलीले वृद्धि हुँदै गएको बताइन्छ । ०४६ सालसम्म आफ्नै कान्छा मामासँग मिलेर एउटा ट्रक किनी ?ट्रक नम्बर ५४४) खलाँसीको भूमिका गर्दै आएका लोकबहादुरको यतिखेरको कमाइ र जीवनशैली हेर्दा उनका बालसखाहरू ज्रि्रो टोक्छन् । श्रृगानिवासी कँडेल थरका एक व्यक्तिले घटना र विचारसँग भने, ‘लोकबहादुरले यो गाउँका धेरै गरिबको उठीबास लगाएको छ ।’ ०४६ सालपश्चात् पहिलो निर्वाचित सरकारको पहलमा केही कामदार कोरिया पठाइँदा लोकबहादुर पनि कामदारका रूपमा कोरिया गएको कँडेल स्मरण गर्छन् । केही वर्ष कोरियामा श्रम गरेर कमाएको केही पैसा लिएर बुटवल झरेका लोकबहादुर टण्डनले त्यसपछिका दिनमा गरेका हर्कतको कुरा गर्ने हो भने बयानगरी साध्य नहुने उनका समकक्षीहरू बताउँछन् । सुरुका दिनमा आफन्तजनले घरजग्गा कारोबारबाट धन्दा सुरुवात गराइदिएका टण्डनले अन्तत: आफूलाई लाइन दिने साथीलाई समेत छोटो अवधिमै गोमन र्सपलेझैं डसेका थिए । बुटवलमा बसेर घर-व्यवसायको काम गर्दै जाँदा उनले विशेषगरी गुल्मी घर भई भारतीय सेनामा कार्यरत धेरै आफन्तलाई फसाएका छन् । ब्यारेकदेखि कम्पनीसम्म पुगेर घडेरी खरिद गरिदिने भन्दै कैयौँलाई ‘हात लाग्यो शून्य’ पारेको घटना पनि यतिखेर बुटवलमा ज्यादै चर्चामा छ । पछि युनिटीमा पकड जमाउन पुगेका टण्डनको रवाफ त पछिल्ला दिनमा हेर्न लायककै थियो । हिजो ट्रकको छतमा बसेर धुलाम्मे हुने लोकबहादुरले जनताबाट ठगी गरेको रकममा कति मस्ती मारेका रहेछन् भन्ने यतिखेर र्छलङ्ग भएको छ । नर्सिङ क्याम्पसदेखि विभिन्न उद्योग-व्यवसायका ‘मालिक’ बन्न पुगेका लोकबहादुरले ज-जसका नाममा तिनै उद्योग व्यवसाय राखे पनि ती सबै युनिटीकै पैसा भएको स्पष्टै छ । युनिटी ठगी प्रकरण सार्वजनिक हुनुअगाडि गुल्मीको पल्लीकोट, हर्दिनेटा, हुँगालगायतका जनतासँग उठाएको रकमको त अझ अहिलेसम्म उजुरी नै परेको छैन । ठगी प्रकरणमा नख्खु जेलको हावा खाइरहेका टण्डनका भाइ-भतिजाका अहिले पनि हाइलेक्स, टक्सनलगायतका तीनवटा गाडी छन् भने ती गाडी यतिखेर रातारात गायब बनाइएको छ । बुटवल मिलनचोकपछाडि तीनतले आलिसान बिल्डिङ बनाएका टण्डनले जग्गाधनीलाई पनि यस्तै ठगी गरेर उक्त घर निर्माण गरेको बताइन्छ । बुटवल देवीनगरमा उनको अर्को दुईतले भवन रहेको पनि बुझिएको छ भने काठमाडौं महाराजगन्ज टिचिङ अस्पतालपछाडि बसुन्धरा चौकी जाने ओरालोमा भएको दुई गेट, सीसी क्यामराजडित भव्य भवन पनि हेर्नलायककै छ । उनको बुटवल, काठमाडौंलगायत विभिन्न ठाउँमा आफन्तका नाममा करोडौँको सम्पत्ति रहेको पनि अनुमान छ । टण्डनकै लगानीमा मधवलीयामा अन्नपूर्ण एग्रो इण्डष्ट्रिज ?दाना उद्योग) रहेको पनि बताइन्छ । उक्त उद्योग भाइ शंकरको नाममा राखेको बुटवलमा चर्चा चलेको छ । कुखुुराको चल्ला उत्पादन गर्ने हिमाली पोल्ट्री डेभलपमेन्ट कम्पनीलगायत टण्डन प्लाई हाउस, टण्डन सारी हाउस, टण्डन ग्लास हाउस आदि मैनाबगरमा र काठमाडौंमा पनि यस्ता कैयन व्यवसायमा उनको लगानी रहेको अनुमान गरिएको छ ।
टण्डनको पक्राउ नाटक त होइन ?
गएको केही महिना अगाडि नेपाल प्रहरीको उच्च तहलाई युनिटी प्रकरणका काशीराम गुरुङ, कृष्णबहादुर गुरुङ, विष्णुबहादुर क्षेत्री, महेन्द्र केसी भारतमा रहेको भन्दै आफूले पक्राउ गराइदिने आश्वासन लोकबहादुरले दिएको चर्चा चलेको थियो । अपुष्ट समाचारअनुसार युनिटीको सबै रकम झ्वाम पार्ने र आफू पानीमाथिको ओभानो बन्नका लागि टण्डनले एक टोलीलाई भारत लगेको चर्चा चलेको थियो । फरार गुरुङ, केसी र क्षेत्रीलाई फोनबाट सर्म्पर्क गरी गएका टण्डनको सबै सुराकी पाएपछि उनीहरूले अन्यत्रै बोलाएर नेपालबाट गएको प्रहरी टोलीलाई समेत रामधुलाई गरेको चर्चा पनि त्यसबेला चलेको थियो । यतिखेर पनि त्यही चर्चाअनुसार गिरफ्तारी दिई छोटो सजाय भोगेर युनिटीको रकम झ्वाम पार्ने चाल त होइन भन्ने शङ्का उब्जिएकोले सम्मानित अदालत चनाखो हुन जरुरी देखिएको छ ।
हेमराज लम्साल (लुम्बिनी अञ्चलका विभिन्न जिल्लाका संवददाताको सहयोगमा)