श्रीमतीको हत्या गरेका बयलकोटी पक्राउ

श्रीमतीको हत्या गरेका बयलकोटी पक्राउ


धादिङमा श्रीमती हत्या गरेर फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । श्रीमती २० वर्षीया पवित्रा बयलकोटीको हत्या गरेर फरार रहेका धुनिवेशी नगरपालिका-४, जीवनपुरका २७ वर्षीय रामचन्द्र बयलकोटीलाई प्रहरीले पक्राउ गरेको हो ।

रामचन्द्रले सोही नगरपालिका-१ डुम्रेचौरस्थित सडकमा पवित्रालाई धारिलो हतियार प्रहार गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खानीखोला र प्रहरी चौकी जीवनपुरबाट प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो ।

तत्काल फरार रहेका रामचन्द्रलाई खोजी गर्ने क्रममा धुनिवेशी नगरपालिका-७, खानीखोला बजारमा फेला पारिएको धादिङ प्रहरीले जनाएको छ ।