भ्रष्टाचारविरुद्ध मुद्दा हालेपछि सूरक्षाकर्मी फिर्ता ! पीएसओ यथावत राख्न गृहमन्त्रीको निर्देशन

भ्रष्टाचारविरुद्ध मुद्दा हालेपछि सूरक्षाकर्मी फिर्ता ! पीएसओ यथावत राख्न गृहमन्त्रीको निर्देशन


विभिन्न भ्रष्टाचार काण्डको दमदार ढङ्गले पर्दाफास गर्दै आएका सांसद डा. अम्रेश कुमार सिंहको सूरक्षामा खटाइएका सूरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ।

उपप्रधानमन्त्री समेत रहनुभएका गृहमन्त्री अस्पताल भर्ना हुनुभएको बेला पारेर गृहमन्त्रालयको निर्णय भन्दै सांसद सिंहको पीएसओ फिर्ता लगिएको हो ।

सिंहले एनसेल घोटाला प्रकरणमा गत साता मुद्दा दायर गर्नुभएको र उक्त मुद्दामाथि आइतबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदै थियो । त्यसअघि नै ‘बहुचर्चित एवम् सर्वाधिक विवादास्पद प्रधानमन्त्रीपुत्री’ गङ्गा दाहालको विशेष अग्रसरतामा सांसद सिंहको सूरक्षाकर्मी खोसिएको हो ।

दुई महिनाअघि ‘सबै’को सूरक्षाकर्मी तानिएको थियो र, त्यतिबेला पनि अम्रेश कुमार सिंहकै पीएसओ हटाउन त्यस्तो निर्णय लिएको ठानिन्थ्यो । त्यसरी पीएसओ तानिएपछि उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको तत्परतामा सुरक्षा सम्वेदनशीलताका आधारमा सांसद सिंहसहित ३० जनाको पीएसओ पुनः बहाल गरिएको थियो, अहिले भने सिंहको मात्र पीएसओ तानिएको छ ।

सांसद अम्रेश कुमारले एनसेल खरिदबिक्री घोटाला प्रकरणलाई पर्दाफास गर्न विशेष अग्रसरता लिनुभएको छ र, उहाँ आफैले सर्वोच्च अदालतमा मुद्दा पनि हाल्नुभएको छ । आज आइतबार आफै अदालतमा उपस्थित भएर बहस समेत आफैले गर्ने तयारी गरिरहँदा उहाँको पीएसओ फिर्ता लगिएको हो।

यसैबीच उपप्रधानमन्त्री श्रेष्ठ नारायणकाजी श्रेष्ठले यस कुराको जानकारी पाउनुभएलगत्तै निर्णय कार्यान्वयनमा रोक लगाउनुभएको छ । उहाँले सांसद अम्रेश कुमारको पीएसओ यथावत राख्न निर्देशन दिनुभएको बुझिएको छ।

यो पनि हेर्नुहोस्-

एनसेल खरिद बिक्रीविरुद्ध अमरेशद्वारा सर्वोच्चमा रिट दर्ता