अमेरिकाको टेनेसीमा भीषण आँधी : ६ जनाको मृत्यु, २३ जना घाइते

अमेरिकाको टेनेसीमा भीषण आँधी : ६ जनाको मृत्यु, २३ जना घाइते


अमेरिकाको टेनेसी राज्यमा आएको भीषण आँधीका कारण कम्तीमा ६ जनाको मृत्यु हुनाका साथै २३ जना घाइते भएका छन् ।

शनिबार दिउँसो आँधीका कारण मोन्टगोमेरी काउन्टीमा दुई वयस्क र एक बालकको मृत्यु भएको थियो भने टेनेसीको राजधानी न्यासभिलको उपनगरमा थप तीन जनाको मृत्यु भएको थियो ।

मोन्टगोमेरी काउन्टी शेरिफको कार्यालयले सम्भावित खतराबाट सचेत रहन आग्रह गरेको छ ।