चौधवटा मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ

चौधवटा मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ


मोरङको विराटनगर क्षेत्रबाट लगातार मोटरसाइकल चोरी भएको खवर प्राप्त भई अनुसन्धान गर्ने क्रममा नोवेल अस्पताल, विराट टिचिङ अस्पताल, कोशी अस्पताल, सेन्ट्रल मल र पुरानो गुद्रीलगायतका बढी भिडभाड हुने स्थानबाट हराएका १६ वटा मोटरसाइकलको चोरीमा संलग्न दुई जना पक्राउ परेका छन् ।

सुनसरीको भोक्राहा नरसिंह-२ बस्ने वर्ष २१ को निकाइल अन्सारी र हरिनगरा-६ बस्ने वर्ष ३९ को नजाम अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नोवेल अस्पतालबाट साइन मोटरसाइकल दुईवटा, सुपरस्प्लेण्डर दुईवटा र अपाचे एउटा, सेन्ट्रल मलबाट साइट एउटा, सुपरस्प्लेण्डर दुई वटा र पल्सर मोटरसाइकल एउटा, कोशी अस्पतालबाट सुपरस्प्लेण्डर एउटा, गुद्रीबाट सुपरस्प्लेण्डर एउटा, मालपोत कार्यालयबाट सुपरस्प्लेण्डर एउटा, नापी कार्यालयबाट साइन एउटा र विराट टिचिङ अस्पतालबाट सुपरस्प्लेण्डर मोटरसाइकल एउटा गरी चौधवटा मोटरसाइकल चोरी गरेका छन् ।