कस्तुरीको बिना बरामद

कस्तुरीको बिना बरामद


सशस्त्र प्रहरीले बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहमा कस्तुरीको बिना फेला पारेको छ । सशस्त्र प्रहरीले ५ वटा कस्तुरीको बिना बरामद गरेको हो ।

प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह बाँकेले बरामद गरेको बिना खैरो, कालो र रातो रङको छ भने ५ वटाको तौल ८१ ग्राम रहेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका ब्याक्तिले सशस्त्र प्रहरीलाई देख्नासाथै आफूले बोकेको झोला फालेर भागेका थिए । उनले फालेको झोला जाँच गर्ने क्रममा कस्तुरीको बिना फेला परेको हो ।

बरामद कस्तुरीको बिना आवश्यक अनुसन्धान कारवाहीका लागि डिभिजन वन कार्यालय बाँकेमा बुझाइएको छ ।