प्रहरीका लागि मुगुमा बने भवन, आइजीपी कुँवरबाट उद्घाटन

प्रहरीका लागि मुगुमा बने भवन, आइजीपी कुँवरबाट उद्घाटन


प्रहरी महानिरीक्षक (आइजीपी) वसन्तबहादुर कुँवरले मुगु जिल्लामा निर्माण गरिएका भवनहरूको उद्घाटन गरेका छन् ।

आइजीपी कुँवरले मुगु प्रहरी परिसरमा नवनिर्मित कार्यालय, ब्यारेक, कार्यालय प्रमुख/सिनियर प्रहरी अधिकृत निवास, हिरासत कक्ष र भान्साघर भवनको उद्घाटन गर्दै निरीक्षण पनि गरेका छन् ।

उनले भवनहरु उद्घाटनपछि प्रभावकारी अपराध अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन, मानव अधिकारको संरक्षणलगायत विपद् उद्दार कार्यमा प्रहरी सदैव अग्रपंक्तिमा रहेर कार्य सम्पादन गर्दै आम नागरिकको भरोसा योग्य र विश्वसनीय संगठनको रूपमा स्थापित हुन सफल भएको बताए ।

‘संगठनलाई आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीको क्षमता अभिवृद्धि गर्नेदेखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा संगठनलाई सुदृढ र सक्षम बनाउन नेपाल प्रहरी प्रधान कार्यालय सदैव कटिवद्ध रहेको उनको भनाइ छ ।

सरकारको नियमित बजेटबाट कुल २ करोड ५८ लाख २० हजार ४ सय ४६ रूपैयाँ १९ पैसा लागतमा कार्यालय भवन र ७ करोड ५६ लाख ६३ हजार २ सय २६ रूपैयाँ ३ पैसा लागतमा ब्यारेक, कार्यालय प्रमुख/सिनियर प्रहरी अधिकृत निवास, हिरासत कक्ष र भान्साघर भवनहरू निर्माण कार्य सम्पन्न भएको हो ।