पूर्व डिआइजी शाह र लेखापाल पनेरु दोषी ठहर

पूर्व डिआइजी शाह र लेखापाल पनेरु दोषी ठहर


प्रहरीका पूर्व नायव महानिरीक्षक (डिआइजी) महेशविक्रम शाह भ्रष्टाचार मामलामा दोषी ठहर भएका छन् । विशेष अदालतले शाहसँगै प्रहरीकै लेखापाल प्रहरी नायब निरीक्षक (सई) दीपेन्द्रप्रसाद पनेरूलाई पनि दोषी ठहर गरेको छ ।

प्रहरीको तालिम केन्द्र भरतपुर (चितवन)मा प्रमुख भएर रहँदा डिआइजी शाह र लेखापाल पनेरुले भ्रष्टाचार गरेको विशेष अदालतले ठहर गरेको हो । उनीहरुको सजाय भने आगामी २५ गतेमात्र तोकिने छ ।

तालिममा रहेका प्रहरी जवानको तलब-भत्ता हिनामिनामा गरेको भन्दै अख्तियार दुरुपयेग अनुसन्धान आयोगले केन्द्रका तत्कालीन समादेशक शाह, लेखापाल पनेरु, सहायक हवल्दार केशवसिंह ऐरी र कोष तथा लेखा नियन्त्रण कार्यालय सिन्धुलीका लेखापाल सञ्जिव बिशुंखेविरुद्ध अदालतमा मुद्धा दायर गरेको थियो । ऐरी र विशुंखेलाई विषेश अदालतले सफाइ दिएको छ ।

पूर्व डिआइजी शाह र लेखापाल पनेरुले प्रहरी जवानको तलव र भत्तामा ३१ लाख ८८ हजार ४ सय ६८ रूपैयाँ अनियमितता गरेको अख्तियारले जनाएको छ ।