सैनिक जर्नेलहरूको सरुवा

सैनिक जर्नेलहरूको सरुवा


सैनिक मुख्यालयले केही सैनिक जर्नेलहरुको सरुवा गरेको छ । सैनिक श्रोतका अनुसार पन्ध्र जना जर्नेलहरूको सरुवा भएको हो ।

उपरथी योगराज शर्मामा व्यवस्था, नीति तथा योजना विभागको विभागीय प्रमुख, सहायक रथी प्रकाश देउजा पृतना चिफ अफ स्टाफ, पूर्वी पृतना हेडक्वाटर र सहायक रथी ध्रुवप्रकाश शाहलाई वीरेन्द्र अस्पतालको प्रशासन रजिष्ट्रार बनाइएको छ ।

सहायक रथीहरु टीकाराम गुरुङलाई युद्धकार्य निर्देशनालयको निर्देशक, दिपेशजंग शाहलाई सैनिक सचिव विभागमा राखेर राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा काज लगिएको छ । कृष्णबहादुर जिसीलाई नेपाली सैनिक ब्याटल स्कूलको शिक्षाधिकृतमा, सन्तोषराज पाण्डेलाई स्वास्थ्य विज्ञान संस्थानको निर्देशक र पदमबहादुर बुढालाई नम्बर १५, बाहिनी अड्डाको बाहिनीपति बाहिनीपति बनाइएको छ ।

सहायकरथी सानुकाजी थापालाई सैनिक तालिम महानिर्देशनालय, पूर्वी पृतना हेडक्वार्टरका रञ्जित थापालाई सैनिक विशेष इन्टेलिजेन्स निर्देशनालयको निर्देशक र नम्बर ६ बाहिनी अड्डाका रामचन्द्र कार्कीलाई मानवअधिकार निर्देशनालयको निर्देशकमा सरुवा गरिएको श्रोतको भनाइ छ ।

७ नम्बर बाहिनी अड्डाका लीलाबहादुर खनाल क्षेत्रीलाई सैनिक तालिम महानिर्देशनालय, मोहन क्षेत्रीलाई सैनिक इन्टेलिजेन्स निर्देशनालय, सैनिक तालिम महानिर्देशनालयका रत्नबहादुर गोदारलाई चरक बाहिनीको बाहिनीपति र चरक बाहिनीका राजेन्द्रमणि गिरीलाई नम्बर २८ बाहिनीपतिको जिम्मेवारी दिइएको हो ।

सरकारले यसै साता दुई जना सहायक रथीलाई उपरथीमा र नौ जना महासेनानीलाई सहायक रथीमा बढुवा गरेपछि सैनिक मुख्यालयले सरुवा मिलान गरेको हो ।