जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो


मध्यजापानको इशिकावा प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दिउँसो ३ः३० सम्म ४८ पुगेको छ ।

इशिकावा, निगाता, फुकुई, टोयामा र गिफु प्रान्तमाथुप्रै घाइतेभएको बताइएको छ । प्रधानमन्त्री किशिदा फुमियोले मङ्गलबार पत्रकार सम्मेलनमा सो अपडेट गराएका हुन् ।

‘प्रभावित क्षेत्रमा भारी मेसिनरी पठाउन पनि गाह्रो बनाइरहेको छ । हामी मार्गहरू सुरक्षित गर्ने तरिका बारे सोचिरहेका छौँ र तीमध्ये जहाजहरू प्रयोग गर्नु एउटा विकल्प हुन सक्छ’, एनएचकेले प्रधानमन्त्रीलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

सोमबारदेखि जापानमा कम्तिमा एक सय ५५ वटा भूकम्पका धक्का अनुभव गरिएको छ ।

भूकम्पमा परि सयौँ घरहरु क्षतिग्रत भएको र भत्किएका घरहरुमा बसोबास गर्ने सम्पर्कविहीन दर्जनौँ व्यक्तिहरुको खोजि भइरहेको अधिकारीहरुले बताएका छन् ।

अस्पतालहरुमा दर्जनौँ व्यक्ति उपचाररत रहँदा कयौंको अवस्था गम्भिर रहेको र मानविय तथा भौतिक क्षतिका विवरणहरु आउनेक्रम जारी रहेको छ ।