- सुरेन्द्र सुवेदी, काठमाडौं
त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा अध्यागमका कर्मचारीले ‘सेटिङ’मा काम गर्न पाउनुपर्ने भन्दै प्रहरी निकायप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आफ्नो कार्यक्षेत्रमा प्रहरीको ‘हस्तक्षेप’ बढेको भन्दै विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले बुधबार केहीबेर सेवा नै रोके । उनीहरूको व्यवहारले सेटिङमा मानवतस्करी गर्न पाउनुपर्ने भन्ने दर्शाएको छ ।
बुधबार काम नै रोकेर सबै कर्मचारी अध्यागमन विभाग पुगेपछि कम्तिमा आधा घण्टा सेवा रोकियो । विभागका महानिर्देशक रुद्रसिंह तामाङले कर्मचारीहरू गुनासो सुनाउन निस्किँदा केही समस्या भएको जनकारी दिएका छन् ।
कर्मचारीहरुले अध्यागमनको नाममा धेरै निकायका कर्मचारीले आएर कागजात लिने र दोषजति सबै अध्यागमनका कर्मचारीलाई लगाउने प्रवृत्ति देखिएको गुनासो गरेका थिए । कर्मचारीहरुले महानिर्देशक तामाङलाई ज्ञापनपत्र बुझाए ।
कर्मचारीहरुले ‘भिजिट भिसाको नाममा अध्यामगन अधिकृतको मात्रै जिम्मेवारी हो’ भन्ने अवस्था सिर्जना भएको भन्दै, ‘नियमानुसार भिजिट भिसामा प्रस्थान अनुमति दिइ व्यक्तिको स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने अधिकारको सुनिश्चितता स्वरुप प्रस्थान अनुमति दिने कार्य गर्दा अध्यागमन अधिकृत मानव तस्करी हो भन्ने निष्कर्ष निकाल्ने हो भने यसलाई रोक्नत दारुकता मन्त्रालय तथा विभागले हालसम्म किन नगरेको हो ?’ भन्ने प्रश्न गरेका छन् ।
ज्ञातव्य छ, अध्यागमनका कर्मचारीले सेटिङमा नेपाली युवायुवति विदेश पठाउने गरिरहेका छन् । यसरी पठाएकामध्ये १० जनाको रुसी सेनामा मृत्युसमेत भइसकेको छ । अध्यागमनका कर्मचारीले महिला वा युवति भए ३५ हजार र युवा भए ७० हजार रुपैयाँ लिएर नेपाली युवायुवतिलाई भिजिट भिषाका नाममा विदेश उडाउने गरेका छन् । यसरी कर्मचारीले दैनिक २ करोड रुपैयाँसम्म अतिरिक्त अवैधानिक आर्जन गरिरहेका छन् ।
एयरपोर्टका अघिल्तिर रहेका ट्राभल एजेन्सीहरूले भिजिट भिषामा विदेशिने युवायुवति खोज्ने र प्रतिव्यक्ति १ लाख ५० हजार रुपैयाँ लिने गर्छन् । बागबजारका पसलमा नो अब्जेक्सन लेटर बनाएर अध्यागमनका कर्मचारीलाई उक्त रकम दिएपछि बचेको रकम ती ट्राभल सञ्चालकले लिने गर्छन् ।
एयरपोर्टबाट दैनिक करिव २ हजार युवायुवति विदेशिन्छन् । तीमध्ये करिव ५ सयकको संख्यामा भिजिट भिषामा बाहिरिने हुन्छन् । यसरी गएका युवायुवतिलाई दुवईमा पुऱ्याएर नो अब्जेक्सन लेटर बनाउँदै युरोप, अमेरिका, रुसजस्ता देशसम्म मानव तस्करी भइरहेका समाचार प्रकाशनपछि प्रहरीले निगरानी बढाएको हो । र, आफ्नो काममा प्रहरी बाधक बनेको भन्दै अध्यागमनका कर्मचारी काम नै छोडेर ज्ञापन पत्र बुझाउन विभाग पुगेको एक प्रहरी अधिकृतले घटना र विचारलाई बताए ।
file photo
प्रतिक्रिया