१८ लाख ४३ हजार नक्कली नोटसहित एक जना पक्राउ

१८ लाख ४३ हजार नक्कली नोटसहित एक जना पक्राउ


रौतहटमा १८ लाख ४३ हजार रुपैयाँ नक्कली नोट बरामद भएको छ । जिल्लाको देवाही गोनाही नगरपालिका-८ पटेल चोकबाट नक्कली नेपाली नोट १ हजार रुपैयाँ दरको १ हजार ८ सय ४३ थानसहित गुजरा नगरपालिका-५ हरिहरपुर बस्ने २५ वर्षीय संदिप यादवलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट, विभिन्न बैंकको एटिएम कार्ड ५ थान र १६ लाख ६५ हजार नेपाली रूपैयाँ उल्लेख भएको चेक ३ थानसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।