टुटलका संस्थापक भट्ट पक्राउ

टुटलका संस्थापक भट्ट पक्राउ


राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्टलाई प्रहरीले पक्राउ गरेको छ । भट्टलाई गएराति काठमाडौं प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध प्रतिलिपि अधिकार र आपराधिक विश्वासघात गरेको आरोप छ ।

प्रहरीका अनुसार भट्टका साथीहरुले सुरुमा प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका थिए । त्यहाँबाट यो विषय प्रहरीसम्म पुगेको हो ।

राइड शेयरिङ एप टुटल नाकाबन्दीपछि नेपालमा सञ्चालनमा आएका थियो । तर, पठाओसहितका केही राइड सेयरिङ एप पनि सञ्चालनमा आएपछि बन्द भएको टुटल अहिले अर्कै कम्पनीले पुनः सञ्चालनमा ल्याएको बुझिएको छ ।