सशस्त्रमा २ सय ८८ जनशक्ति माग

सशस्त्रमा २ सय ८८ जनशक्ति माग


सशस्त्र प्रहरी बलले २ सय ८८ जनाका लागि नयाँ जनशक्ति माग गरेको छ ।
सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक र परिचर पदमा नयाँ भर्ना माग गरिएको हो ।

बलले निरीक्षकमा खुला ५४ सहित ९९ जना, सहायक निरीक्षकमा खुला ५३ सहित ९८ र परिचर पदमा खुला ५० सहित ९१ जनाका लागि भर्ना माग गरेको हो ।

परिचरतर्फ भान्छे, कूचिकार, सूचिकार, केशकर्तक, चर्मकर्मी र मालीका लागि भर्ना खुलेको छ । सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक पदका लागि पुस २० गतेदेखि माघ २१ गतेसम्म र थप दस्तुर तिरेर माघ २८ सम्म निवेदन दिन सकिनेछ ।