जापानमा भूकम्पको पाँच दिनपछि भग्न घरबाट एक वृद्ध महिलाको जीवितै उद्धार

जापानमा भूकम्पको पाँच दिनपछि भग्न घरबाट एक वृद्ध महिलाको जीवितै उद्धार


  • विशेष प्रतिनिधि, टोकियो (जापान)

जापानको इसिकावामा भूकम्प गएको १२० घण्टाभन्दा बढी समयपछि आज (जनवरी ६) राति प्रहरीले इशिकावा प्रिफेक्चरको सुजु सिटी, शोइन-चो, कावाजिरीमा भत्किएको घरबाट एक वृद्ध महिलालाई उद्धार गरेको छ ।

उद्दारको क्रममा भेटिएली वृद्धाको नाडी चलिरहेको (जिवितै रहेको) पाइएपछि तुरुन्तै अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

एक प्रहरी अधिकारीलाई उद्धृत गर्दै जापानी संचारमाध्यमहरुले जनाए अनुसार हराएका मानिसहरुको खोजी गर्ने क्रममा एउटा भत्किएको घरमा दुई वृद्धा महिलाहरु भेटिएका र तीमध्ये एउटा जीवितै रहेको भेटिएपछि अस्पताल लगिएको उल्लेख गरिएको छ ।

ती वृद्धा भत्किएको घरको ओछ्यानमा भेट्टिएकी थिइन् र उनलाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । अझै पनि उनीजस्तै जीवित व्यक्तिहरु भेटिन सक्ने आशा राख्दै प्रहरी अधिकारीले भनेका छन्, ‘आज जे भयो भोलि पनि हुन सक्छ, त्यसैले प्रहरीले हार नमानेर खोजी गर्न सक्दो प्रयास गर्नेछ।’

इसिकावामा १ जनवरीका दिन गएको भूकम्पका कारण हालसम्म १२६ जनाको मृत्यु पुष्टि भइसकेको छ । यस्तै गरि २१० जना भन्दा बढि वृद्धारवृद्धाहरुको अवस्था अझै अज्ञात रहेको छ । साथै सोही अनुपातका घाइतेहरु उपचाररत रहेका छन् ।