भ्रम दिएर धर्म परिवर्तन गराउन खोज्नेलाई मोसो दलियो

भ्रम दिएर धर्म परिवर्तन गराउन खोज्नेलाई मोसो दलियो


  • कपिलवस्तु प्रतिनिधि

कपिलवस्तुमा धर्म प्रचार गर्दै हिँडेका दुई जनालाई मोसो दलिएको छ ।

बालबालिकालाई झुक्याएर धर्म परिवर्तन गराएको भन्दै महाकाल युवा शक्ति नेपालले उनीहरुलाई मोसो दलेको हो ।

ती दुईले बालबालिकालाई बाइबल पाठ गराउने र तन्त्र विधिबाट महिलालाई उपचार गरी निको पार्ने भन्दै झुक्याउने गरेको जानकारीमा आएपछि ७० जनाको समुहमा रहेका स्थानीयले नियन्त्रणमा लिएका थिए ।

महाकाल युवा शक्ति नेपालले कृतिराज ढुंगाना र उनका सहयोगी मनोज कहारलाई मोसो दलेको हो ।

हिन्दु समुदायका झक्याउने र भ्रम फैलाइ बाइबल पाठ गराउने जस्ता क्रियाकलाप भएको थाहा पाएपछि आफूहरु पुगेको महाकाल युवा शक्ति नेपालका केन्द्रीय सचिव प्रेम योगीले बताए । जबर्जस्ती गरेर कसैले कसैलाई धर्म परिवर्तन गराउन नमिल्ने जान्दाजान्दै उल्लिखित पात्रहरुले भ्रम छरेर धर्म परिवर्तन गराउन लागेको पाइएकोले आइन्दा यस्तो दुष्कार्य नगर्न चेतावनीस्वरुप मोसो दलिएको उनको भनाइ छ ।