त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ किलो ३०० ग्राम सुन बरामद भएको छ । शनिबार राति ११ बजेर ५ मिनेट जाँदा उक्त सुन बरामद भएको हो ।
फ्लाई दुबईबाट आएकी श्रीलंकन नागरिक कान्थामात्रे काभास्करले उक्त सुन ल्याएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए । डिआइजी ठकुरीका अनुसार काभास्करले सुन लुकाएर ल्याएकी थिइन् ।
एक किलो सुनमा ८५ दशमलव ७३ तोला हुन्छ । जसको भन्सार तिर्नुपर्दा करिव १४ लाख रुपैयाँ खर्च हुन्छ, यसै कारणले सुन तस्करी हुने गरेको हो ।
file photo
प्रतिक्रिया