सुन तस्करी प्रकरणका अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

सुन तस्करी प्रकरणका अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश


सुन तस्करी प्रकरणमा पक्राउ परेका आठ जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश शङ्करबहादुर राईको इजलासले निजहरूलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । उक्त प्रकरणमा संलग्न रहेको भनिएका दुई जना अझै फरार छन् ।

दुबईबाट १४ किलो सुन लिएर आएका गोरखाका चन्द्र घलेलाई पक्राउ गरेपछि तस्करीबारे थप विवरण सार्वजनिक भएको थियो ।

विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गर्दा उक्त समूहले एक सय ३८ किलो सुन तस्करी गरेको पाइएको बताइएको थियो ।