लिटिल बुद्ध भनेर चिनिने रामबहादुर बम्जन प्रहरी नियन्त्रणमा

लिटिल बुद्ध भनेर चिनिने रामबहादुर बम्जन प्रहरी नियन्त्रणमा


लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका रामबहादुर बम्जन पक्राउ परेका छन् । लिटिल बुद्ध भनेर कुनै समय निकै चर्चामा रहेका र पछिल्लो समय आफूलाई महासम्बोधि गुरु धर्मसङ्घको नामले चिनाउन थालेका बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले जानकारी दिएका छन् ।

‘विभिन्न उजुरीका आधारमा प्रहरीको खोजी सूचीमा रहेका बम्जनलाई सिआइबीको टोलीले बूढानीलकण्ठ क्षेत्रबाट मंगलबार साँझ ७ बजे पक्राउ गरेको हो’ , केन्द्रीय प्रहरी प्रवक्ता कडायतले भनेका छन् ।

बताइएअनुसार बम्जनको आश्रमबाट आनीसहित चार जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनको खोजी गरिरहेको थियो ।