जसपाको केन्द्रीय राजनीतिक समिति बैठक बस्दै

जसपाको केन्द्रीय राजनीतिक समिति बैठक बस्दै


जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक आज बस्दैछ । दुईदिने बैठक ललितपुरको भोलढोकास्थित ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजेका लागि बोलाइएको छ ।

जसपाले गत भदौमा सञ्चालन गरेको संगठन विस्तार तथा सुदृढीकरण अभियान र उक्त अभियानमा पार्टी सदस्यहहरुको सक्रियतामा भएका सांगठनिक प्रगति विवरण प्रतिवेदन बैठकमा प्रस्तुत हुने छ ।

त्यसैगरी राजनीतिक तथा संगठनात्मक प्रतिवेदन बैठकमा प्रस्ताव गरिनुका साथै पार्टीको आगामी महाधिवेशनबारे समेत बैठकमा छलफल हुने जनाइएको छ ।