‘तवश्वी’ बम्जनका कस्ता-कस्ता कर्तुत !

‘तवश्वी’ बम्जनका कस्ता-कस्ता कर्तुत !


  • सुरेन्द्र सुवेदी, काठमाडौं

तपस्वीको भेषमा मानिस बेपत्ता बनाउने, अवैध मानिएका विदेशी मुद्रा सञ्चित गर्नेजस्ता गैरकानुनी काम गरेको अभियोग लागेका रामबहादुर बम्जन अब भने उम्कन नपाउने भएका छन् । धार्मिक भड्काव हुन सक्ने भन्दै सरकारका उच्च अधिकारी र राजनीतिक दलका नेताको दबाबमा यसअघि उनी पक्राउ पर्नबाट बचेका थिए ।

२०७१ साउनदेखि बाराको हलखोरियामा बम्जनको आश्रममा आनीको रूपमा रहेकी एक युवतीलाई यौनशोषण तथा बाल यौन शोषण गरेको मुद्दा लागेको थियो । वर्ष ३४ का बम्जनलाई प्रहरीले राजधानीको बुढानीलकण्ठ नगरपालिका–६ को टनगाउँमा लुकेको अवस्थामा पक्राउ गरेको हो ।

प्रहरीले बम्जनको घर घेरेपछि घरको चौथो तल्लामा रहेको दक्षिणतर्फ झ्यालबाट खाली रहेको भिरालो जमिनमा हाम फालेर भाग्ने क्रममा केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गर्न सफल भएको हो ।

प्रहरीका अनुसार बम्जनको घरबाट विभिन्न १७ देशका विदेशी मुद्रा ३० लाख ९२ हजार ४ सय ६ रुपैयाँ र नेपाली ३ करोड ७५ लाख ५ सय रुपैयाँसमेत ३ करोड ३४ लाख ३७ हजार ९ सय ६ रुपैयाँ बरामद भएको छ ।

ब्युरोका अनुसार उनको घरबाट मोटरसाइकलका बिलबुक तीन, टोयोटा हाइलक्स गाडीको चाबी एक, मोवाइल २० थानसमेत बरामद भएको छ । उनले प्रदेश–३–०१ ०२४च ६७२९ नम्बरको तुलाराम तामाङको नाममा रहेको सेतो टोयोटा फर्चुनर गाडी प्रयोग गर्ने गरेका थिए । सेतो रङको ल्याण्ड क्रुजर जेडएक्स गाडी प्रयोगका लागि ललितपुर-२२ बुङमती बस्ने वर्ष ४५ का बौद्ध श्रवन धर्म संघ ललितपुको अध्यक्ष पनित महर्जनको नाममा धुम्बाराही स्थितयुनाइटेड ट्रेडर्स सिण्डिकेट प्रा.लि. शोरूममा ५ करोड रुपैयाँमा बुक भएकोमा ३ करोड रुपैयाँ नगदै भुक्तानी गरेर उक्त गाडी खरिद गर्न लागेको खुल्न आएको छ । उनको घरमा ४ वटा मोटरसाइकल पनि फेला परेका छन् ।

प्रहरीले बम्जनको आश्रमबाट विभिन्न समयमा वेपत्ता भएका अनुयायीहरूको खोजी पनि सुरु गरेको छ । प्रहरीका अनुसार उनले पाँच जना अनुयायीलाई यौन शोषण गर्दै बेपत्ता पारेको उजुरीहरु छन् ।

ज्ञातव्य छ, बाराको निजगढ नगरपालिका-१२, रतनपुरी स्थायी घर भएका बम्जनले जम्मा कक्षा ५ सम्म अध्ययन गरेका छन् ।