प्रहरी प्रवक्तामा डिआइजी ढकाल

प्रहरी प्रवक्तामा डिआइजी ढकाल


प्रहरी प्रधानकार्यालयको प्रवक्तामा प्रहरी नायव महानिरीक्षक (डिआइजी) भीमप्रसाद ढकाल तोकिएका छन् । यसअघि उनी सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख थिए ।

यसअघिका प्रवक्ता डिआइजी कुवेर कडायतको लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ ।

मन्त्रिपरिषद् बैठकले प्रहरीमा रहेका २० डिआइजीमध्ये १६ जनाको सरुवा गरेको हो । जसमा ७ वटै प्रदेशका प्रहरी प्रमुखको सरुवा भएको छ ।