- कपिलवस्तु प्रतिनिधि
कपिलवस्तुको यशोधरा गाउँपालिका क्षेत्रभित्र बन्दुक देखाएर लुटपाट गरिएको छ । बिहीबार अबेर बन्दुक देखाएर स्थानीय सुन ब्यापारीको लाखौंको लुटपाट भएको हो ।
साँझ साढे ५ बजेको समयमा नकावधारीको एक समूहले बन्दुक देखाएर यशोधरा गाउँपालिका ५ बुढापारका शिवमगंल बर्माको साथबाट नगद ३७ हजार नेपाली रुपैयाँ, तीन हजार भारु, सुन र चाँदी गरेर ७ लाख बढी मूल्य बराबरको गरगहना लुटेर लगेका छन् ।
मास्क र कपडाले मुख छोपेर आएका ६/७ जनाको नकावधारी समूहले सुन चाँदीका गहना लुटेर लगेको बताइएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ५ बभनीचोकमा रहेको जय माँ अम्बे ज्वेलर्स संचालन गर्दै आएका बर्मा पसल बन्द गरेर घरतर्फ जाँदै थिए ।
बैदोली र बुढापारको बीचमा पर्ने आँपको बगैचा नजिक लुटपाट भएको जनाइएको छ । घटना बारे प्रहरी टोली खटाइएको र अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताए ।
प्रतिक्रिया