मकवानपुरबाट करिव नौ किलो चरेशसहित पाँच जना पक्राउ

मकवानपुरबाट करिव नौ किलो चरेशसहित पाँच जना पक्राउ


प्रहरीले ठूलो मात्रामा चरेस बरामद गरेको छ । ८ किलो ८ सय ग्राम चरेस मकवानपुरबाट बरामद भएको हो । उक्त चरेस-कारोबारी पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा मनहरी गाउँपालिका–६ नयाँबस्तीका ४० वर्षीय रामनारायण श्रेष्ठ, बारा जितपुर सिमरा उपमहानगरपालिका–६ का २१ वर्षीय याकुब खान, बारा परवानीपुर गाउँपालिका–३ का २० वर्षीय मुकेश राम भन्ने मुस्की राम, पर्सा वीरगज उपमहानगरपालिका–२१ का २० वर्षीय इमरान आलम र सोही ठाउँ बस्ने २१ वर्षीय सोयल मिंया रहेका छन् ।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले मनहरी गाउँपालिका–७ मा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना३च ७४०४ नम्बरको कारमा सवार याकुब खानलाई ३ सय ग्राम चरेशसहित पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा खानले उक्त लागूऔषध रामनारायणसँग लिएको खुल्न आएपश्चात उनको घरबाट थप ८ किलो ५ सय ग्राम चरेस बरामद गरी रामनारायण र कारमा सवार याकुब समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।