माघी मनाउन टुँडिखेलमा भेला भएकाबीच भागदौड, आठ जना घाइते

माघी मनाउन टुँडिखेलमा भेला भएकाबीच भागदौड, आठ जना घाइते


माघी मनाउन राजधानी काठमाडौंको टुँडिखेलमा जम्मा भएकाहरुबीच भागदौड हुँदा आठ जना घाइते भएका छन् । टुँडिखेलमा माघे सङ्क्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा सहभागीबीच भागदौड हुँदा उनीहरु घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौ्रका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

‘आज टुँडिखेलमा ठूलो सङ्ख्यामा थारु र मगर समुदायका व्यक्ति माघी मनाउन जम्मा भएका थिए । भीडमा भागदौड हुँदा आठ जना घाइते भएका छन्’, उपरीक्षक ढुङ्गेलले भनेका छन् ।

घाइतेहरुको उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको जानकारी दिँदै उनले महोत्सवमास्थलमा प्रवेश गर्ने र बाहिरिनेबीच धकेलाधकेल हुँदा उनीहरु घाइते भएको बताए ।