त्रिशूलीमा खस्यो भारतीय नम्बरप्लेटको जीप

त्रिशूलीमा खस्यो भारतीय नम्बरप्लेटको जीप


मानविय क्षतिबारे यकिन हुन बाँकी

नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा भारतीय नम्बरप्लेटको जीप खसेको छ । आज बिहान पौने पाँच बजेको समयमा जीप त्रिशूलीमा खसेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार त्रिशूली नदीमा जीप खसेको सूचना पाएपछि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा गोताखोरसहितको टोली टोली परिचालन गरिएको र सडकबाट करिब एक सय मिटर तल खसेको जीप फेला परेको छ । स्थानीयले जीप नदीमा खसेको खबर गरेपछि उक्त टोली घट्नास्थलमा खटाइएको थियो ।

केहीबेरअघि गोताखोरको टोलीले जीप पानीभित्र भेट्टाएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिएका छन् । उक्त जीपमा कति यात्रु सवार थिए भन्ने यकिन हुन नसकेको जनाइएको छ ।

photo: rss