तारले बेरिएको अवस्थामा वयस्क पोथी पाटेबाघ मृत फेला

तारले बेरिएको अवस्थामा वयस्क पोथी पाटेबाघ मृत फेला


कैलालीको जानकी गाउँपालिका-९ मा रहेको अमरावती सामुदायिक वनमा पाटे बाघ मृत अवस्थामा फेला परेको छ ।

तारले बेरिएको अवस्थामा वयस्क पोथी पाटे बाघ मृत भेटिएको सव डिभिजन वन कार्यालय लम्कीका फरेष्टर रामबहादुर रावलले जानकारी दिएका छन् । उनका अनुसार बाघको शरीरबाट दुर्घन्ध फैलिसकेकाले केही दिन अगाडि नै मरिसकेको हुनसक्ने देखिएको छ ।

स्याउला लिन जङ्गल पुगेका स्थानीयले मृत बाघ देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि डिभिजन वन कार्यालय लम्की, प्रहरी र स्थानीय सो स्थलमा पुगेका थिए ।

मृत बाघको मुचुल्का बनाइ डिभिजन वन कार्यालय पहलमानपुर लैजाने तयारी भएको सव डिभिजन वन कार्यालय लम्कीका प्रमुख शेरबहादुर भण्डारीले बताएका छन् ।

photo: rss