आगलागीमा परेर दिल्लीमा चार सयभन्दा बढी गाडी जलेर नष्ट

आगलागीमा परेर दिल्लीमा चार सयभन्दा बढी गाडी जलेर नष्ट


भारतको राजधानी दिल्लीमा सोमबार भएको भीषण आगलागीमा ४०० भन्दा बढी निजी सवारीसाधन जलेर नष्ट भएको छ । त्यहाँको अग्नि सेवा विभागले जनाएअनुसार उत्तरी दिल्लीको वजिराबाद प्रहरी स्टेशनको एउटा भण्डारमा आगलागी भएको हो ।

आगोलागी हुँदा गाडीहरू गोदाममा राखिएको थियो भने आगो निभाउन दमकललाई दुई घण्टा लागेको थियो ।

आगलागीमा परी नष्ट भएका सवारी साधनलाई स्थानीय प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरेको र सडक दुर्घटनामा संलग्न रहेको भन्दै नियन्त्रणमा लिएको बताइएको छ । आगलागीको कारण भने खुलेको छैन ।