भारतीय नौसेनाद्वारा १९ जना पाकिस्तानीको उद्धार

भारतीय नौसेनाद्वारा १९ जना पाकिस्तानीको उद्धार


भारतीय नौसेनाको युद्धपोत आइएनएस सुमित्राले सोमालियाको पूर्वी तटबाट जाँदै गरेको इरानी माछा मार्ने जहाज अल नइमीमा समुद्री डकैतीको प्रयासलाई विफल बनाएको छ । साथै सोमबार १९ जना पाकिस्तानी नागरिकलाई सफलतापूर्वक उद्धार गरेको भारतीय नौसेनाले विज्ञप्तिमा जनाएको छ ।

सोमाली समुद्री डाकुहरूबाट इरानी झण्डा बोकेको माछा मार्ने जहाज एफभी इमानलाई बचाई भारतीय नौसेनाले उद्धार गरेको जनाएको छ । सोमालियाको पूर्वी तट र एडनको खाडीमा समुद्री डकैतीविरोधी कारबाहीमा १७ जना चालक दलका सदस्यहरू सहभागी थिए ।

भारतीय नौसेनाका अनुसार युद्धपोत आइएनएस सुमित्राले सङ्कटग्रस्त जहाजलाई रोकी माछा मार्ने जहाज पत्ता लगाएको थियो । बन्धक बनाइएका १९ पाकिस्तानी राष्ट्रिय चालकदलका सदस्यहरूलाई उद्धार गरिएको छ ।

युद्धपोतले डुङ्गासहित चालक दलका सदस्यहरूको सुरक्षित रिहाइका लागि समुद्री डाकुहरूलाई बाध्य पारी डुङ्गासहित सबै १९ जनाको रिहाइ गरेको छ ।

आईएनएस सुमित्राले ३६ घण्टाको अथक प्रयासबाट कोचीबाट करिब आठ सय ५० एनएम पश्चिम दक्षिणी अरब सागरमा ३६ चालक दल (१७ इरानी र १९ पाकिस्तानी) सहित दुई अपहरण गरिएका माछा मार्ने जहाजहरू समेत उद्धार गरेको छ ।