कांग्रेस महासमिति बैठकका लागि यातायात व्यवस्थापन उपसमितिमा सदस्य थप

कांग्रेस महासमिति बैठकका लागि यातायात व्यवस्थापन उपसमितिमा सदस्य थप


नेपाली कांग्रेसको आगामी फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुन लागेको महासमिति बैठकको यातायात व्यवस्थापन उपसमितिमा सात जना सदस्य थप गरिएको छ ।

महासमिति बैठकमा जानआउनका लागि आवश्यक पर्ने यातायात सुविधालाई व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि पार्टी केन्द्रीय सदस्य धना खतिवडाको संयोजकत्वमा रहेको उपसमितिमा आइतबार सात जना सदस्य थप गरिएको हो ।

उक्त उपसमितिमा योगेन्द्रनाथ कर्माचार्य (काभ्रेपलाञ्चोक), केदारनाथ पौडेल (बर्दिया), शरद अधिकारी (धादिङ), सानुकाजी प्रजापति (काठमाडौं), सुवन गिरी (नुवाकोट), धर्म भण्डारी (झापा) र महेश्वर थापा (ललितपुर) लाई थप गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।