कान्तिपुर सहकारी समस्याग्रस्त, अध्यक्ष हिमालयविक्रम पक्राउ

कान्तिपुर सहकारी समस्याग्रस्त, अध्यक्ष हिमालयविक्रम पक्राउ


राजधानीमा रहेको कान्तिपुर सहकारी समस्याग्रस्त घोषित भएको छ । सहकारीमा अनियमितताको आरोपसँगै सहकारीका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी पक्राउ परिसकेका छन् । ठकुरीसँगै अन्य ५ जनाविरुद्ध पक्राउपूर्जी जारी भएको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त नयाँबानेश्वरले अध्यक्ष ठकुरीलाई पक्राउ गरेको पुष्टि गरेको छ । यो सहकारीमा भएको ठगीका उजुरी परिरहेका छन् भने अन्य ५ जनाको खोजीमा प्रहरी सक्रिय भएको जनाउँछ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कान्तिपुर सहकारीलाई समस्याग्रस्त घोषणा गरिसकेको छ ।

सहकारीले शाखा तथा सेवा केन्द्रसमेत १८ स्थानमा सेवा विस्तार गरेको र करिब १४ हजार बचत खाता खोलिएको थियो । गत असारमा करिब ७ हजार बचतकर्ताको ६ अर्ब १३ करोड रुपैयाँ बचत भएको थियो । सहकारीमा बचत भएको रकम पूर्वअध्यक्ष सीबी लामा तामाङ, वर्तमान अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी, प्रबन्ध सञ्चालक प्रेमध्वज तामाङ, सञ्चालकहरू जोगलाल लामा, सानुकान्छा लामा, नारायणप्रसाद रिमाल, ईन्दु थापा र देवराज पराजुलीलगायतले मनोमानी ढंगले घरजग्गा, क्रसर उद्योग, निजी अस्पतालदेखि कलेजमा लगानी गरेका छन् ।