नेपाल बालकुमारी क्योकुशिन कराते संघद्वारा कराते प्रतियोगिता सम्पन्न

नेपाल बालकुमारी क्योकुशिन कराते संघद्वारा कराते प्रतियोगिता सम्पन्न


नेपाल बालकुमारी क्योकुशिन कराते संघद्वारा ललितपुर मंगलबजारमा ‘चौथौ ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०८०’ सम्पन्न भएको छ ।

यही फागुन ६ र ७ गते आयोजित प्रतियोगितामा तेस्रो रामजी गुरु स्मृति नगद पुरस्कारको लागि छ विधा तौल समूहका प्रथम भएका खेलाडीमध्येबाट गोलाप्रथामार्फत ५५–६० के. जी. तौल पुरुष समुहका प्रथम विजयी सरोज तामाङले नगदराशि पचास हजार जितेका थिए ।

यस्तै, ३५–४० के.जी. तौल महिला समुहमा साहारा वाइबा (बालकुमारी डोजो) प्रथम भइन् भने बालकुमारी डोजोकै अस्मिता श्रेष्ठ दोस्रो स्थानमा रहिन् । मकवानपुर डोजोकी प्रनिसा भुलुनलाई तेस्रो स्थान हासिल भएको थियो ।

४५–५० के. जी. तौल महिला समुहमा मकवानपुर डोजोकी रेशमा थापा प्रथम, कीर्तिपुर डोजोकी सोनिया राई दोस्रो र मकवानपुर डोजोकी रस्मी श्रेष्ठ तेस्रो भइन् ।

यस्तै, ५०– ५५ के.जी. तौल महिला समुहमा एपीएफकी अनिसा तामाङ प्रथम, एपीएफकै चन्दा कुमारी भुजेल दोस्रो र मकवानपुर डोजोकी लक्ष्मी थिङ तृतिय भइन् ।

यसैगरी, ४०–४५ के.जी. तौल पुरुष समुहमा एपिएफका सुनिल तामाङ पहिलो, मकवानपुर डोजोका रिदम थापा दोस्रो र बज्रबाराही डोजोका सविन गुरुङ तेस्रा भए भने ५०–५५ के.जी. तौल पुरुष समुहमा स्ट्रङगेस्ट डोजोका बुद्ध मगर प्रथम, एपीएफका निरोज नगरकोटी दोस्रो र एपीएफकै प्रभात स्याङ्तान तेस्रा भए ।

५५–६० के.जी. तौल पुरुष समुहमा बालकुमारी डोजोका सरोज तामाङ प्रथम, कीर्तिपुर डोजोका सन्जेस भुलोन दोस्रा र स्ट्रङगेस्ट डोजोका संजय के गुप्ता तेस्रा भए ।

सबै तौल समूहका प्रथम, दोस्रो र तेस्रो विजयी खेलाडीहरूलाई उचित नगद पुरस्कार वितरण गरिएको थियो भने प्रतियोगिताकै अवसरमा विभिन्न संस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।