फरार रहेका बैंकिङ कसुरदार पक्राउ

फरार रहेका बैंकिङ कसुरदार पक्राउ


युके पठाउने नाममा ठगी गर्ने पक्राउ

पाटन उच्च अदालतको फैसलापछि फरार रहेका एक बैकिङ कसुरदारलाई प्रहरीले फक्राउ गरेको छ । काभ्रेको पनौती नगरपालिका-८ स्थायी घर भएका र हाल ललितपुर-१२ लगनखेल बस्ने ५० वर्षीय कान्छा लगुन पक्राउ परेका हुन् ।

लगुनविरुद्ध उच्च अदालत पाटनले गत बैशाख १७ गते ४ दिन कैद, १३ लाख रुपैयाँ बिगो र ५२ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको हो । यो फैसलापछि लगुन फरार थिए ।

काठमाडौं अपराध अनुसन्धान कार्यालय मिनभवनले बिहीबार ललितपुर महानगरपालिका-१२ लगनखेलबाट पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीले बताए ।

युके पठाउने नाममा ठगी गर्ने पक्राउ

यस्तै, युके पठाउने नाममा ठगी गरेका बाग्लुङको बडिगाड गाउँपालिका-९ स्थायी घर भएका र हाल काठमाडौं-२८ बागबजार बस्ने ३६ वर्षीय पाण्डप भन्ने युद्धबहादुर केसी पक्राउ परेका छन् ।

केसीले सारदा सुवेदीसमेत तीन जनालाई वैदेशिक रोजगारीको लागि युके पठाउने भन्दै प्रतिव्यक्ति २६ लाख रुपैयाँ खर्च देखाउँदै ७६ लाख रुपैयाँ ठगी गरेका थिए ।

मासिक १० लाख ५० हजार रुपैयाँ तलव हुने केयर गिभरमा कामको प्रलोभन देखाएर केसीले ठगी गरेको अनुसन्धानबाट खुलेको काठमाडौं अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीले जानकारी दिए । केसीलाई बागबजारबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।