गरिमा क्यापिटलको मेरो शेयर र डिम्याट खाता सित्तैमा

गरिमा क्यापिटलको मेरो शेयर र डिम्याट खाता सित्तैमा


‘हरेक नेपाली शेयर धनी’ नारासाथ गरिमा क्यापिटल लिमिटेडले आफ्ना ग्राहकलाई निःशुल्क मेरो शेयर र डिम्याट खाताको सुविधा दिएको छ ।

क्यापिटलले निःशुल्क खाता खोल्न सकिने गज्जबको योजना बजारमा ल्याएकोे क्यापिटलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो योजना सम्पूर्ण प्राकृतिक नेपाली नागरिकले आगामी २०८१ साल असार मसान्तसम्म पाउने छन् ।

यो सुविधा कमलपोखरी, काठमाडौँस्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका शाखा कार्यालय, रिलायन्स फाइनान्स लिमिटेडका देशैभरका शाखा कार्यालय र गरिमा क्यापिटल लिमिटेडको वेव साईट www.garimacapital.com मार्फत बिना झन्झट घरमै बसेर खाता खोल्न सकिने क्यापिटलका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले जानकारी दिए ।