१२ लाख ८५ हजार ठगी गर्ने विन्दु र राजन पक्राउ

१२ लाख ८५ हजार ठगी गर्ने विन्दु र राजन पक्राउ


अमेरिका र दुबई पठाउनले बहानामा १२ लाख ८५ हजार रुपैयाँ ठगी गर्ने एक महिला र एक पुरुष पक्राउ परेका छन् ।

गुल्मीको मालिका गाउँपालिका-६ की ३२ वर्षीया विन्दु केसीलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । केसी हाल ललितपुरको गोदावरी-२ बस्दै आएकी थिइन् ।

उनले अनिषकुमार दनुवारलाई ‘वैदेशिक रोजगारीको लागि दुबई पठाइदिन्छु, त्यसको लागि ३ लाख लाख रुपैयाँ लाग्छ, दुबई पुगेपछि सिप गार्डमा काम लगाइदिन्छु’ भन्दै ठगी गरेकी हुन् । मासिक ७० हजार रुपैयाँको तलब हुने प्रलोभनमा पारेर रकम ठगी गरेपछि उनी फरार थिइन् ।

केसीलाई प्रहरीले ललितपुरको बाँडेगाउँबाट पक्राउ गरेर वैदेशिक रोजगार विभाग ताहाचलमा थप कारवाहीको लागि पठाएको छ ।

यस्तै, अमेरिका पठाउने बहानामा ठगी गर्ने अर्का एक युवा पनि प्रहरी फन्दामा परेका छन् । नवलपरासीको बर्दघाट नगरपालिका-४, दिब्यनगरका २८ वर्षीय राजन पन्त पक्राउ परेका हुन् । उनले अमेरिका पठाउने भन्दै १० लाख रुपैयाँ ठगी गरेका थिए ।

अमरबहादुर पुन मगरलाई अमेरिका जान ६० लाख रुपैयाँ लाग्ने र मासिक तलव ७ लाख ५० हजार रुपैयाँ हुने प्रलोभनमा पारेर उनले उक्त रकम ठगी गर्न सफल भएका थिए ।

रकम लिएपछि फरार रहेका उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले नवलपरासी प्रहरी कार्यालयसँग समन्वय गर्दै बर्दघाट–४, दिव्यनगरबाट पक्राउ गरेको हो ।