नक्कली कागजात बनाएर करोडौं राजस्व हिनामिना गर्ने गुरुङ र गुप्ता पक्राउ

नक्कली कागजात बनाएर करोडौं राजस्व हिनामिना गर्ने गुरुङ र गुप्ता पक्राउ


प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली कागजात बनाएर सरकारलाई राजश्व ठग्ने दुई जनालाई पक्राउ गरेको छ ।

धादिङको वेनीघाट रोराङ्ग-५ स्थित न्यू समीक्षा सप्लायर्सकी प्रोप्राइटर २९ वर्षीया कुमारी गुरुङ र पर्साको वीरगञ्ज महानगरपालिका-८ बस्ने समीक्षा सप्लायर्सका बैंक खाता संचालक ४१ वर्षीय प्रदीपकुमार गुप्तालाई प्रहरीले भरतपुरबाट पक्राउ गरेको हो । गुरुङ र गुप्तालाई उच्च अदालत पाटनले एक एक वर्ष कैद र जनही १२ करोड १० लाख ३६ हजार ५ सय ३० रुपैयाँ जरीवानाको फैसला सुनाएपछि उनीहरु फरार थिए ।

गुरुङ र गुप्ताले न्यू समीक्षा सप्लायर्स नामको फर्म दर्ता गरी उक्त फर्मको बैंक खाता संचालक गुप्तासमेत भएर एकआपसमा मिलोमतो गरी मालवस्तु खरिद बिक्रि नगरी नक्कली कर बिजक जारी गरी संकलन भएको मूल्य अभिवृद्धि कर र आम्दानीमा कानून बमोजिम तिर्नुपर्ने आयकर रकमसमेत नतिरेर राजस्व चुहावट गरेका थिए ।