सातसमुद्रपारिबाट मातृभूमि सम्झँदा

सातसमुद्रपारिबाट मातृभूमि सम्झँदा


हिजै मात्र जस्तो लाग्छ बिदेसिएको, तर सात महिना बितिसकेछ । देशका लागि पसिना बगाउनुपर्ने युवा किन विदेश आइयो भनेर घरिघरि पछुतो पनि लाग्छ । तुरुन्तै नेपाल फर्किउँजस्तो पनि लाग्छ, तर पछि सन्ततिले धिक्कार्लान् कि भन्ने सोचेर मन बुझाउँछु ।
आज देशका शिक्षित युवा दिन दुगुना र रात चौगुनाका दरले बिदेसिने क्रम जारी छ तर यसलाई रोक्न कसैले तत्परता देखाएको छैन । देशका शिक्षित युवालाई विदेश नजाऊ भनेर रोक्नेे कोही निस्केनन् । न राजा निस्के न दलहरू नै । वास्तवमा देशमा राजनेता नै छैनन् । राजनीति गर्नेहरूले युवावर्गको महत्व नै सम्भिmएका छैनन् । राजनेता भएका भए कुर्सीकै लागि कुकुर र बिरालोजस्तो झगडा गर्ने थिएनन् र युवाहरूलाई आप\mनो स्वार्थानुकूल मात्र प्रयोग गर्ने थिएनन् । बिदेसिएका लाखौँ शिक्षित युवालाई बिदेसिनुबाट रोक्न नसके पनि भएका युवाहरूलाई सही सदुपयोग गर्नुपर्नेमा मसल प्रदर्शन गर्न, मान्छे कुट्न, फरक विचार राख्नेमाथि आक्रमण गर्न प्रयोग गरिएको छ । जसरी गाउँका शिक्षित युवा सहर पस्दा गाउँको विकास द्रुत गतिले भएन त्यसैगरी देशका शिक्षित युवा बिदेसिँदा देशलाई भविष्यमा दूरगामी असर पार्ने निश्चित छ ।
युवाहरू रहरले होइन बाध्यता र विवशताले बिदेसिएका छन् । कोही सन्ततिको भलाइका लागि, कोही साहूको ऋण तिर्न नसकेर, कोही बुढेसकाल आनन्दले बिताउने मनशायले, कोही योग्यताअनुसारको काम नपाएर, कोही गरिखाने ठाउँ नपाएर विदेश पलायन भएका हुन् । युवाहरूलाई देशको माया नभएर बिदेसिएका पनि होइनन् । बरु स्वदेशमा बस्नेहरूलाई नेपालको माया नहोला तर बिदेसिएकाहरूले आप\mनो मातृभूमि, आफूलाई जन्मदिने आमाबुबा र आफन्तहरूलाई हरपल सम्भिmरहेका हुन्छन् । जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी भन्ने मन्त्र हरेकको मुखबाट सुन्न पाइन्छ । विदेशमा बस्नेहरूले एउटै स्वार्थका कारण नेपालको माया गरेका छन्- भोलि राष्ट्र रहेन भने हामी कहाँ जाने – विदेशीलाई परिचय दिँदा आफू कुन राष्ट्रको भनेर परिचय दिने – भोलि नेपाल कतै विलय भयो भने आप\mनो परिचय के भनेर दिने भनेर हरेक नेपाली छटपटिएका छन् । कसैले ह्वयर आर यु फ्रम भन्दा अहिलेसम्म त कमसेकम फ्रम नेपाल भन्न त पाइएको छ । भोलि नेपाल नै रहेन भने हामीले हाम्रो परिचय के भनेर दिने – के सिक्किमेलीले जस्तै भारत भन्ने – किन आज बिदेसिएका लाखौँ युवाको कुरा सुनिँदैन देश चलाउने जिम्मा लिएकाहरूबाट – के नेपाल दलविशेषका सीमित कार्यकर्ताको मात्रै हो – के नेपाल ५-१० लाखको मात्रै हो – के ५-१० लाखले सडकमा तोडफोड गरेर नारा लगाउनेबित्तिकै उनीहरूले जे भन्यो त्यही हुने देश हो त –
के देश ठूला तीन दलको मात्रै पेवा हो – उनीहरूको बिर्ता हो – के उनीहरू संविधानभन्दा माथि हुन् – उनीहरूको पार्टी र उनीहरूका नेता तथा कार्यकर्तालाई राणाशासनमा जस्तै सात खत माफी हुने प्रावधान छ – छैन भने किन हरनिमेष ठूला ३ दलको सहमति र सहकार्य भनेर सुगारटाइ गरिन्छ – के ठूला ३ दल भनाउँदाहरू मात्रै मिले सहमति र सहकार्य हुने हो र – अरू मिल्नु पर्दैन – के राजा फालेको ३ दललाई संविधानभन्दा माथि राख्नलाई हो त – होइन भने संविधानमा जे छ त्यहीअनुसार चल्नुपर्छ । मिल्ने हो भने ३ दल मात्रै होइन राजा, दल, सबै धार्मिक समुदाय, जातजाति मिल्नुपर्छ । दलित, सुकिलामुकिला, राजावादी, प्रतिगामी, यथास्थितिवादी, पुनरुत्थानवादी, दक्षिणपन्थी, उग्रवामपन्थी सबैले सबैको पगरी हटाउनुपर्छ ।
नेपालमा कुनै दल पनि देश र जनताको भलाइका लागि लडेका होइनन् भन्ने प्रस्ट भइसकेको छ । उनीहरू आफू र आप\mनो परिवारको क्षणिक स्वार्थमा अल्भिmएका छन् । सबैलाई कुर्सी चाहिएको छ । कुर्सीबिना कोही काम गर्न सक्दैनन् । खाने बेलामा सबैको मुख एउटै हुन्छ ।
जसरी हिजो प्राडो, पजेरो लिने बेलामा २६५ जनाकै मुख एउटै भएजस्तै संविधानसभाको म्याद थप्ने बेलामा सबैको मुख एउटै हुन्छ । उनीहरूले देशको माया भएर संविधानसभाको म्याद थपेका होइनन् कि म्याद थपिएन भने आफूहरू फुटपाथमा आउनुपर्छ, अनपढ छौँ कहाँ जाने भन्ने पीरले मात्र हो । यो सबै बार्गेनिड मात्र गरिएको हो । यस्ता स्वार्थीहरूको कारण नेपालको भविष्य पहराको फर्सीजस्तै भएको छ । राजनीति गर्नेहरूको एउटामात्र स्वार्थ देश र जनताको भलाइ गर्ने हुनुपथ्र्यो तर यहाँ त राजनीति गर्नेहरूको एउटा मात्र स्वार्थ प्रधानमन्त्री, मन्त्री देख्नु भएको छ । यस्तो तालले कसरी देश उँभो लाग्छ –
विदेशमा आफू नेपाली हौँ भन्नेबित्तिकै कतिले नाइस कन्ट्री भन्छन् तर हामीले पनि आफूले आफूलाई नै ढाँटेर एस भन्नु परिरहेको छ । वास्तवमा नेपाल नाइस कन्ट्री हो तर बाँदरे प्रवृत्तिका नेपालका नेताहरूका कारण नेपाल र्डर्टर्ीीुन पुगिरहेको छ । नेपाल अहिले बाँदरको हातमा नरिवल भएको छ ।
विदेशमा बस्नेहरूको एउटै मात्र चाहना छ- नेपाल सिङ्गो रहोस् । अनन्तकालसम्म नेपाल भन्न पाइयोस् । नेपालमा बसेर राजनीति गर्नेहरूको घैंटोमा घाम लागोस्, यही कामना छ ।
– अनिलभक्त खरेल
भर्जिनिया, मनासस, अमेरिका

अभिभावकमाथि शोषण भयो
रत्नराज्य उमावि बानेश्वरमा हाल लगभग १७ सय विद्यार्थी अध्ययनरत छन् र नेपाल सरकारको शिक्षानीतिअनुरूप ५८ जना शिक्षकको दरबन्दी रहेको छ, जो विद्यार्थी सङ्ख्याअनुसार पर्याप्त छ । विद्यालयले हामी अभिभावकसँग विद्यालय सञ्चालनका लागि भनेर एकमुष्ट रकम लिने गरेको छ र अनावश्यक तवरले खर्च गर्ने गरेको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष भरत ढकालसमेतले निजी स्रोतबाट तलबभत्ता खुवाउने गरी ११ जना शिक्षकलाई नियुक्त गरेका छन् । यसबाट मासिक एक लाख रुपैयाँबराबर खर्च हुने गरेको छ । विद्यार्थी सङ्ख्याको आधारमा ती शिक्षकको विद्यालयलाई कुनै आवश्यकता देखिँदैन । निजी स्रोत भन्नाले हामी अभिभावकसँग उठाएको रकम र विद्यालयको आम्दानी हो जसको अपचलन गरिएको छ ।
यसरी हामी अभिभावकसँग पैसा उठाएर अनावश्यक रूपमा सार्वजनिक सम्पत्तिको दुरुपयोग भएकाले अविलम्ब छानबिन गरी अपचलन भएकोले रकम असुलउपर गराई विद्यालय कोषमा दाखिल भएको हेर्न हामी अभिभावक व्याकुलताका साथ प्रतीक्षारत छौँ । हाम्रो यो आवाजमाथि न्याय दिने कसले होला –
– एन. शर्मा भट्टराई एवम् सरोकारवाल अन्य अभिभावकहरू
नयाँ बानेश्वर, काठमाडौं